देवराज घिमिरे भए पार्टीको जिम्मेवारीबाट अलग

६ माघ २०७९, शुक्रबार ११:११

नेकपा एमालेका स्थायी कमिटी सदस्य रहेका देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएपछि पार्टीका सबै जिम्मेवारीबाट अलग भएका छन् ।

सभामुख घिमिरेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । उनी विहीबार प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएका थिए ।

प्रतिनिधि सभाको सभामुख पदको भूमिकालाई स्वतन्त्र र निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्नका लागि नेकपा एमालेका पार्टी सदस्यता र पार्टी सम्बद्ध सम्पूर्ण राजनीतिक, सांगठानिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु’, घिमिरेले विज्ञप्तिमा भनेका छन् । यसअघि बिहीबार उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएका थिए ।