एनआईबिएल सहभागिता फण्डको आकार बृद्धि

५ माघ २०७९, बिहीबार २१:१७

नेपालकै पहिलो खुलामुखी योजना एनआईबिएल सहभागिता फण्डको आकार बृद्धि भई रु दुई अर्बसम्मको इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्विकृति प्राप्त भएको छ ।

नेपाल इन्भेष्टमेण्ड बैंक लिमिटेड कोष प्रबर्द्धक तथा एनआइबिएल एस क्यापिटल लिमिटेको व्यवस्थापक रहेको एनआईएिल म्युचुअल फण्ड अन्तरगत सञ्चालित नेपालकै पहिलो खुलामुखी योजना एनआईबिएल सहभागिता फण्ड को दश करोड इकाइसम्म जारी गर्न सकिने गरी हाल योजनाको आकार रु एक अर्क रहेकोमा आम लगानीकर्ताहरुको माग बमोजिम सो इकाई जारी सकिएको र पुस १७ गते देखी लागु हुने गरी थप १० करोड इकाई जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भएको हो । सञ्चालनको ३ बर्षमा कुल ६५.४५ प्रतिशत लाभांश वितरण गरी औसत बार्षिक २१.८१ प्रतिशत बढी सबैभन्दा प्रतीफल दिने योजनाको रुपमा छ।