सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको संयुक्त पहलमा टाटा जेन्यूइन् पार्ट्स तथा टाटा जेन्यूइन आयलको मूल्यमा २५५ सम्म छुट व्यवस्था गरिएको छ।
सिप्रदीको ग्राहकमुखी अवधारणाअनुरूप सिप्रदीका अनुभवी तथा दक्ष प्रविधिकबाट गाडीको चेकजाँच तथा परामर्श प्रदान गरी कम खर्चमा टाटा जेन्यूइन पार्टस्को प्रयोगबाट गाडीको कार्य क्षमता वृद्धि गराई गाडी सञ्चालन खर्च न्यूनीकरण गरी ग्राहकवर्गको व्यवसाय उत्थानमा सहकार्य गर्ने अभिप्राय शोरुप उक्त योजना सञ्चालनमा ल्याएको हो ।
उक्त छुट सुविधा नेपालभरि रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुमा लागु हुने जनाइएको छ।
साथमा सिप्रदी वर्कशपमा फेरिएका टाटा जेन्यूइन् पार्टस्हरूमा ६ महिना वा ५०,००० किमिसम्म वारेन्टी सुविधा पनि कम्पनीले प्रदान गर्दे आइरहेको छ। सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्दा थप जानकारी तथा सेवा प्रदान गरिने छ ।
