ओलीको कारण सङ्घीयतामा खतराको आशङ्का उब्जियो: विमलेन्द्र निधि

५ माघ २०७९, बिहीबार १४:२८

न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै जनता झस्किएको नेपाली का‌ग्रेसका सांसद विमलेन्द्र निधिले बताएका छन् ।

उनले प्रतिनिधि सभा विघटन प्रतिगामी होइन भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट सबै झस्किएको बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै बताए । उनले संविधानले ग्रहण गरेको अवलम्बन र व्यवस्था गरेको प्रणालीले कार्यपालिका भन्दा माथि कसैले पनि निर्देशन दिन नमिल्ने बताए ।

उनले ओलीको भनाइले सङ्घीयता नै खतरामा रहेको आशङ्का उब्जिएको बताए । उनले सभामुखमा ईश्वरीदेवी न्यौपाने सबैभन्दा योग्य पात्र भएको पनि बताए । सांसद निधिले सभामुखकी उम्मेदवार न्यौपाने योग्य, अनुभवी, क्षमतावान्, कल्पनाशील दूरदर्शी व्यक्तित्व रहेको पनि बताए ।

सांसद निधिले जनताले देशमा राजनीतिक स्थिरता चाहेको बताए । उनले जनताले विकास, आर्थिक समृद्धि र शान्ति चाहेको भन्दै संसदको पूर्ण आयु काम हुनुपर्ने बताए ।