पोखरामा भएको विमान दुर्घटनाका सम्बन्धमा रुलिङ गर्न सरकारसँग कांग्रेसको माग

५ माघ २०७९, बिहीबार १२:११

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार बिहान पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाका सम्बन्धमा रुलिङ गर्न सरकारसँग माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकको प्रारम्भमै समय माग गर्दै सभामुखमार्फत सो माग गरेका हुन् ।

उनले मुलुकमा ठूलो पीडा भएको यस घटनाका सम्बन्धमा सरकारका तर्फबाट उक्त विषयमा भनाइ प्रस्तुत हुने अपेक्षा गरे । लेखकले बैठकको कार्यसूची पछि सारेर भए पनि विमान दुर्घटनाका सम्बन्धमा सरकारको धारणाबारेमा माग गरे ।

सदनप्रति सरकार उदासिन रहन नसक्ने जनाउँदै उनले सभामुखमार्फत रुलिङ गर्न आग्रह गरे ।