जहाज दुर्घटनामा ज्यान गुमाएका परिवारलाई प्रधानमन्त्री चिङ अस्पतालमा

५ माघ २०७९, बिहीबार ११:५९

आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगेका छन् ।

शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न पनि प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन् ।

साथै प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरे ।

सो क्रममा प्रधानमन्त्रीले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्नुका मृतकका आफन्तसँग भेटघाट गरेका थिए । आइतबार काठमाडौं बाट पोखराको लागि उडेको यति यरलान्सको विमान दुर्घटना हुँदा ७२ जनाले ज्यान गुमाएका थिए ।