नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटेका छन् ।
नेता पौडेलले प्रचण्डलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर भेटेका हुन् । पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार प्रधानमन्त्री प्रचण्ड र पौडेलबीच आधा घन्टा संवाद भएको थियो ।
अधिकारीका अनुसार तनहुँका ठूला विकास आयोजनाका बारेमा कुरा गर्न पौडेल बालुवाटार पुगेका हुन् । उनले भने, ‘तनहुँका ठूला विकास आयोजनाहरुका बारेमा कुरा गर्न जानुभएको हो । बिपी कोइराला हस्पिटल, तल्लो जलविद्युत् आयोजना, लगायत अरु विकास आयोजनाको प्रधानमन्त्रीसँगी गर्नु भएको छ ।’
