त्रिभुवन विमानस्थलमा टर्मिनल भवनको आगमनतर्फ राखिएको विद्युतीय भर्र्याङ् असजिलो भएको भन्दै सुधारको माग

४ माघ २०७९, बुधबार २०:२६
त्रिभुवन विमानस्थलमा निर्माण भएर सञ्चालनमा आएको नयाँ टर्मिनल भवनको आगमनतर्फ राखिएको विद्युतीय भर्र्याङ् असजिलो र अस्वाभाविक भएको भन्दै सबै यात्रुले गुनासो गर्ने गरेका छन् ।
पछिल्लो समय नेपाली नायिका उषा रजकले करिब राती १२ बजे आफ्नो सानो नानी र सामान लिएर आउँदा आफुले खेप्नु परेको दुखसहित सोही स्थानबाट चिच्याएर सहयोग माग्दै गरेको र भोगेको कुरा सामाजिक सञ्जालमा भिडियो राखेर प्रसारण गर्न बाध्य हुनु परेको उनको भनाई छ । उनले  त्यो भर्र्याङ् अत्याधिक ठाडो, ठाउँ ठाउँमा ट्रली अड्किने र सोही कारण मान्छेको दुर्घटना हुने सम्भावना रहेको भन्दै सुधारको माग राखेकी छिन्।