कृषि तथा पशुपन्छी बीमा डिजिटलाइज्ड बनाउने :कृषि मन्त्री

४ माघ २०७९, बुधबार १३:३९

ज्वालकुमारी साहले आज कृषि तथा पशुपन्छी विकास मन्त्री पदभार ग्रहण गरेकी छन् । पद तथा गोपनियताको शपथ पछि मन्त्रालय पदभार सम्हाल्दै उनीले कृषि बीमालाई थप प्रभावकारी बनाउने कुरामा जोड दिने बताईन्।

साथै उनले कृषि तथा पशु बीमाको अनुदान कार्यक्रमको अभिलेख राख्ने निर्णय गरेको उल्लेख छ । यससंगै मन्त्रीको पहिलो निर्णयअनुसार कृषि तथा पशुपन्छी बीमामा प्रिमियम अनुदान कार्यक्रमलाई डिजिटलाइज्ड गर्न प्रत्यक्ष हेरिने सफ्टवेयर मार्फत बीमा गर्ने कृषकहरुको विवरण राख्ने कामको थालनी हुनेकुरा पनि उल्लेख छ ।

त्यस्तै आगामी दशक २०८०/८१ देखि २०८९र/९० लाई कृषि उत्पादन तथा लगानी दशक अभियानका रुपमा मनाउन सैद्धान्तिक सहमति सम्बन्धी बिषयमा कृषि प्रस्ताव अघि बढाउने उनको भनाई छ।