चीनको २०२२ को आर्थिक वृद्धिदर ३ प्रतिशतमा सीमित

३ माघ २०७९, मंगलवार १५:४०

सन् २०२२ मा चीनको अर्थतन्त्र तीव्र गतिमा ह्रास आएको छ।

कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि झण्डै आधा शताब्दीकै सबैभन्दा नराम्रोसँग सङ्कुचित भएको हो। यसले नीति निर्माताहरूलाई यस वर्ष अर्थतन्त्रलाई बढावा दिन थप प्रोत्साहन दिन दबाब दिएको छ। नेशनल ब्युरो अफ स्ट्याटिस्टिक्सले मंगलबार चौथो त्रैमासिकमा चीनको अर्थतन्त्र वर्षको तुलनामा २.९ प्रतिशतले बढेको छ, जुन अघिल्लो त्रैमासिकमा ३.९ प्रतिशतले बढेको थियो।
त्रैमासिक क्रमिक आधारमा चीनको अर्थतन्त्र डिसेम्बरको त्रैमासिकमा शून्य कोभिड १९ नीतिका कडा नियमका कारण स्थिर रहेको छ। सन् २०२२ पूरै वर्षभरीमा चीनको जिडिपी वृद्धि ३.० प्रतिशतमा खुम्चिएको छ। जुन सरकारी अनुमान करिब ५.५ प्रतिशत भन्दा कम हो भने, सन् २०२१ को ८.४ प्रतिशतको वृद्धि भन्दा आधा भन्दा बढीले कम हो।

तथापि, चिनियाँ जिडिपीमा भएको वृद्धि दर विश्व बैङ्कले यस महिनाको सुरुमा गरेको प्रक्षेपण गरेको २.७ प्रतिशत भन्दा बढी हो। सन् २०२० मा कोभिड१९को महामारीका कारणले २.२ प्रतिशतमा खुम्चिएको जिडिपी वृद्धि दरभन्दा २०२२ को चिनियाँ जिडिपी वृद्धि सन् १९७६ यताकै न्यून हो।