नेकपा (माओवादी केन्द्र) नेता वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ललितपुरको सुमेरु अस्पताल पुगेका छन् ।
माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पुनको स्वास्थ्य अवस्था बुझ्न मंगलबार प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेका हुन् ।
पुनको स्वास्थ्यमा समस्या आएपछि केही दिनयता अस्पताल भर्ना भएर उपचाररत छन् ।
पूर्वमन्त्री समेत रहेका पुन जटिल प्रकारको जण्डिस रोगबाट पीडित छन् ।
