जलविद्युत् आयोजनाबाट रु आठ करोड रोयल्टी अन्नपूर्ण गाउँपालिकाले पाउने

३ माघ २०७९, मंगलवार १५:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ गाउँमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजनाबाट गाउँपालिकाले चालु आर्थिक वर्षमा रु आठ करोडभन्दा बढी विद्युत रोयल्टी पाउनेभएको छ ।

६ मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विजुली एक वर्षदेखि केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ। कूल ७१ मेगावाटको निलगिरि क्यास्केट, ३८ मेगावाटको निलगिरी खोला र ६ मेगावाट क्षमताको रेलेखोला आयोजना निर्माणाधीन छन्। निलगिरि १ र २ दुवैले चालु आर्थिवर्षमा निर्माण सक्ने लक्ष्य लिएका छन्।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्माका अनुसार वित्त आयोगबाट विद्युत् रोयल्टी वापत रू ८ करोडभन्दा बढी साथै वन रोयल्टी विनियोजन भएको पत्र पनि गाउँपालिकामा प्राप्त भएको उनले बताए। त्यसका साथै पर्यटनबाट रू ४० हजारभन्दा बढी रोयल्टी विनियोजन भएको पत्र पनि पालिकालाई प्राप्त भएको उनले जानकारी दिए।