बुद्ध एयरले काठमाडौं देखि तुम्लिङटार दैनिक उडान गर्ने

३ माघ २०७९, मंगलवार १४:३५

बुद्ध एयरले काठमाडौं–तुम्लिङटार उडान गर्ने भएको छ।

बुद्धले एटिआर–७२ जहाजबाट आगामी शुक्रबार (जनवरी २०) देखि काठमाडौं–तुम्लिङटार दैनिक उडान गर्ने जनाएको हो। यसका लागि नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई उडान अनुमति दिइसकेको छ। पहिलो चरणमा एटिआर–७२ ले दैनिक एक उडान गर्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। पहिलो चरणमा एटिआर–७२ ले दैनिक एक उडान गर्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

उनकाअनुसार मार्चपछि भने बुद्धले दैनिक दुई उडान गर्ने छ। बुद्धले हाल एटिआर–४२ जहाजबाट यो गन्तव्यमा उडान सेवा दिँदै आएको छ। अब ठूलो जहाजबाट उडान हुँदा यात्रुलाई भाडा दर पनि थप सस्तो र उडान सरल हुने कम्पनीको विश्वास छ।