पुस ३, काठमाडौं ।
बंगलादेशमा आइतबारबाट सुरु भएको दक्षिण एसियाली स्तरिय साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा आयोजक बंगलादेशसँग फराकिलो हार बेहोरेको छ ।
ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहमोद मोस्ताफा कमल स्टेडियममा आइतबार भएको पहिलो खेलमा नेपालले आयोजक बंगालादेशसँग ६–०को फराकिलो हार बेहोरेको छ । घरेलु टोलीसँग निरीह बनेको नेपालले पहिलो हाफमा ४ र दोश्रो हाफमा २ गोल खाएको थियो । नेपाललाई फराकिलो हार चखाउन बंगालादेशकी तोहुरा खातुनले ३ गोल गरिन् । मोनिका चक्मा र अनुचिङ मोगीनीले २ गोल गरेका थिए ।
खेलको १४आँै मिनेटमा अनुुचिङले पहिलो गोल गर्दै अग्रता दिलाएकी थिइन् । २६आँै मिनेटमा मोनिका चक्माले गोल थपिन् । ३२आँैै मिनेटमा तोहुरा खातुनले गोल गर्दै अग्रता दिलाइन् । इन्जुरी समयमा अनुचिङ मोगिनीलले व्यक्तिगत दोश्रो गोल गरेपछि पहिलो हाफमै नेपाल ४–०ले पछि परेको थियो । पहिलो हाफको तुलनामा दोश्रो हाफमा सम्हालिएको खेल पस्के पनि नेपालले २ गोल खायो ।