मर्जपछि ग्लोबल आर्ईएमई बैंक २९ वटा बचत खाता हटाउँदै

३ माघ २०७९, मंगलवार १२:२८

ग्लोबल आर्ईएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्ज भई गएको पुष २५ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन् ।

यी बैंक समायोजनपछि ‘ग्लोबल आइएमई बैंक’ को नामबाट एकीकृत कारोबार सुरु भएको हो । एकीकृत कारोबारपछि साविक बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकको सम्पूर्ण बचत खाताहरु मिलान गरिएको हो।

जसमा साविको बीओके बैंकका कुल २१ वटा बचत खाता र ग्लोबल आइएमई बैंकका २१ वटा बचत खाता एकआपसमा मिलान गरी नयाँ बचत खाता बनाइएको छ। हाल ग्लोबल आइएमई बैंकले ४२ वटा बचत खाताबाट अब १३ वटा बचत खाता कायम गरेको छ ।