डरत्रास देखाइ जबर्जस्ती करणीको आरोपमा एकजना पक्राउ

२ माघ २०७९, सोमबार १७:३४

१४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दिपक कुँवरका अनुसार आइतबार दिउँसो बालिकालाई डरत्रास देखाइ जबर्जस्ती करणी गरेको जाहेरी परेपछि सोमबार मर्चवारी गाउँपालिका ४ का २६ वर्षीय एक युवकलाई पक्राउ गरिएको हो।

सोमबार सार्वजनिक विदा परेकाले मंगलबार अदालतबाट म्याद थप गरि थप अनुसन्धान गरिने उनले बताएका छन्।