पोखराको यति एयरलाइन्सको विमान दुर्घटनामा ७२ जनाको निधन भएपछि रोकिएको पोखरा महोत्सव सोमबार फेरि सञ्चालन भएको छ। दुर्घटनाले स्तब्ध गराएपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आइतबारका लागि सबै प्रकारका मेला महोत्सव रोक्न आग्रह गरेपछि महोत्सव स्थगित गरियको थियो।
महोत्सवका प्रचारप्रसार संयोजक दिनेशका अनुसार सोमबारका लागि पूर्वनिर्धारित कार्यक्रम हुन शुरु भएका छन्। पोखरा महोत्सवको पाँचौं दिन पोखरामा जहाज दुर्घटनाका कारण शोक मनाउँदै महोत्सवका सम्पूर्ण गतिविधि स्थगित गरिएको थियो र छैटौँ दिन सोमबार भने पूर्वनिर्धारित तालिकाअनुसार नै पोखरा महोत्सव सञ्चालन भइरहेको छ।
हवाईजहाज दुर्घटनामा परेका सम्पूर्ण दिवंगतप्रति श्रद्धासुमन गर्दै महोत्सवलाई निरन्तरता दिइएको हो। महोत्सवको छैटौँ दिनदेखि विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुने आयोजकले जनाएको छ।
