नेपालले चालु आर्थिक वर्षको ५ महिनामा ७ अर्ब ५६ करोड ८२ लाख रुपैयाँबराबरको विद्युत् बेचेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु वर्षको ५ महिनाको अवधिमा विद्युत्को व्यापारमा नेपालले ६ अर्ब ८ करोड बचत गरेको छ । आयात निर्यातको अनुपातमा सबैभन्दा बढी बचत विद्युत् व्यापारबाट भएको छ ।
गत जेठ महिनादेखि नेपालले भारतको प्रतिस्पर्धी बिजुली बजार पाएको थियो । यो अवधिमा नेपालले १ अर्ब ४८ करोड ८७ लाख रुपैयाँबराबरको विद्युत्को आयात भएको छ । गएको पुस महिनादेखि नेपालले निर्यात बन्द गरेर आयात मात्रै गरेको छ, र पछिल्ला दिनमा भारतबाट कम मात्र बिजुली आयात भए पनि नेपालको औद्योगिक क्षेत्रमा अहिले पनि दैनिक ९ घण्टासम्म लोडसेडिङ छ ।
जेठ महिनासम्म विद्युत्को आयात मात्रै हुने भए पनि चालु वर्षमा विद्युत्को व्यापारबाट बचतमा रहने प्रक्षेपण गरेको छ । त्यस्तै, नेपालले चालु वर्षको पाँच महिनामा ७ अर्ब ३४ करोड ५१ लाख रुपैयाँको हवाई इन्धन निर्यात गरेको छ ।
