आज १ः३० सम्म बैंकिङ काउन्टर खुल्ने

२ माघ २०७९, सोमबार १२:०६

पोखरामा भएको विमान दुर्घटनाको कारण सरकारले सोमबार सार्वजनिक बिदा दिएतापनि बैंकिङ काउन्टर बिहान १० बजेदेखि १ः३० सम्म खुल्ने भएको छ।

सरकारले अत्यावश्यक सेवा बाहेक देशभर शोक बिदा दिने तथा झण्डा आधा झुकाउने निर्णय गरेको थियो। यही निर्णय अनुसार बिहान १० बजेदेखि १ः३० सम्म बैंकिङ काउन्टर खोल्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो।

यो समयमा नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएस जस्ता अत्यावश्यक सेवा खुला हुने भएको हो।