नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेनसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भेट भएको छ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर नवनियुक्त चिनियाँ राजदूत चेनले प्रधानमन्त्रीसँग भेट गरेका हुन्।प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त भेटमा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्रीलाई बधाई तथा अंग्रेजी नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गरियको हो।
साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं साथमा रहने उनले बताएको निजी सचिव रमेश मल्लले जनाए।
भेटबारे थप जानकारी दिँदै मल्लले भने, ‘प्रधानमन्त्रीले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद भन्दै आफ्नो तर्फबाट रास्ट्रपति सी चिनफिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरियको हो।’
