गायिका निरा छनत्यालको विमान दुर्घटनामा परि निधन

१ माघ २०७९, आईतवार १६:२३

लोक दोहोरी गायिका निरा छनत्यालको आज निधन भएको छ ।

गायिका छनत्यालको काठमाडौंबाट उडेको यती एअरलाइन्सको वायुयानको विमान दुर्घटनामा परि निधन भएको हो । विमान बिहान १०ः३२ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो।

गायिका छनत्याल पोखरामा भैरहेको भलिबल प्रतियोगिताको मुख्य आकर्षण बनेर उनी एक बजेको कार्यक्रमका लागि आज बिहान उक्त विमानमा सवार थिइन्। नेपाल छन्त्याल युवा संघ कास्कीको आयोजनामा चौथो सङग बहादुर तथब्जा स्मृती कपमा उपस्थिती जनाउन जाँदै गरेको उनी स्वयमले सामाजिक सन्जालमा पोस्ट गर्दै जानकारी दिएकी थिइन् ।

गायिका छनत्यालको मुरली धुन, फूल केसरी जस्ता गीत सङै धेरै दोहोरीहरु समेत दर्शक माझ चर्चित छन् । आज भएको उक्त विमानमा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रु सवार रहेको यती एयरलाइन्सले जनाएको छ। जहाँ ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु थिए। ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेटेनि, १ जना अस्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक रहेका थिए।

https://youtu.be/mcE_dGBZNhs