रुपन्देहीमा सय मत नल्याउने उम्मेदारहरु यस्ता छन्:

३ पुष २०७४, सोमबार ०५:५१

तेजेन्द्र के.सी
पुष ३, बुटवल ।
बाम र लोकतान्त्रीक गठबन्धन बिरुद्ध स्वतन्त्र र दलीय उम्मेदवारी दिएका अधींकासंले रुपन्देहीमा एकसय मत पनि कटाउन सकेनन् ।

गत मंसिर २१ गते दोस्रो चरणमा सम्पन्न प्रतिनिधि र प्रदेस सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुबैतर्फको नतीजा सार्वजनीक हुदा एकसय कटाउन नसक्ने उम्मेदवार धेरै देखीएका हुन् । प्रतिनिधि सभातर्फ पाँच निर्वाचन क्षेत्रबाट ५ सिटकोलागी ८७ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए भने प्रदेसतर्फ १० निर्वाचन क्षेत्रबाट १० सिटकालागी १ सय ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा उत्रिएका केही दल र अधिकांश स्वतन्त्र उम्मेदवारले सय मत पनि ल्याउन सकेनन् । निर्वाचन क्षेत्र नं. १ बाट पाँच जना उम्मेदवारले सय मत पनि पाएनन् । यहाँ  माक्र्सवादीका होमबहादुर कर्मचार्यले ९४, स्वतन्त्र उम्मेदवारहरु मंगलप्रसाद चौधरीले ४६, मदनप्रसाद पोखरेलले ३१, विष्णुप्रसाद न्यौपानेले २५ र मुखतार अहमद गद्दीले २० मत मात्रै पाए ।

क्षेत्र नं. १ को प्रदेस सभा १ बाट स्वतन्त्र शम्भु थारुले ४७ तथा कृष्ण तिवारीले २२ मत पाए । क्षेत्र नं. १ कै प्रदेस सभा २ बाट स्वतन्त्रहरु मनकुमार पौडेलले २१, विमलकुमार गुरुङले ९, रुक्मागत पाण्डेयले ६ मत पाए । प्रतिनिधि सभा क्षेत्र नं. २ बाट नेपाल मजदुर किसानका सुरेश परियारले ५७, स्वतन्त्रहरु रुद्रप्रसाद घिमिरेले २१, मिनप्रसाद अर्यालले १४, ओमप्रसाद पाण्डेयले १३, प्रदिप जिसीले ११, विरबहादुर तामाङले ६ र खगुलाल गिरीले ३ मत मात्रै पाए ।

क्षेत्र नं. २ को प्रदेस सभा १ मा राप्रपा राष्ट्रवादीका भुनाकुमारी न्यौपानेले ८८, देशभक्तका रामप्रसाद पोखरेलले ५२, मजदुर किसान पार्टीका पदम रसाइली ३८, स्वतन्त्रहरु मक्तिराम खरेलले ३, हेमबहादुर थापा मगरले ३, दुर्गाबहादुर क्षेत्रीले १ मत पाए । २ कै प्रदेस सभा २ मा मंगोल नेशनलका विष्णुमाया रानाले ८८, मजदुर किसानका हरिसुन्दर बासीले १४, स्वतन्त्रहरु अनिलमान सिंहले ७, जयश्वर पाण्डेले ५, भानुभक्त भण्डारीले ४, कविराम शर्माले ३, नारायण खनालले ३ मत पाए ।

क्षेत्र नं. ३ मा नेपाली काँग्रेस (विपी) का अमृतप्रसाद शर्मा भट्टराईले ९३, युवा किसानका अकालु कुम्हालले ५५, स्वतन्त्रहरु किरण विक ३६, विजयबहादुर यादव ३१, विनोद गैरे २७, खेमलाल कँडेल २०, युवराज घिमिरे १६, विरेन्द्रबहादुर थापाले १२, दुर्गाप्रसाद पाण्डेले ७ मत पाए । ३ को प्रदेस सभा १ मा नेपाली काँग्रेस (विपी) का डोलराज भुसालले ३३ र स्वतन्त्र गणेश उपाध्यायले ६ मत पाए । ३ को प्रदेस सभा २ मा जनमोर्चाका मुहम्मद खलिल पठानले ८५ तथा स्वतन्त्रहरु बसन्तप्रसाद ढकाल १४, सन्तोष दंगोरिया थारु १३, मिनबहादुर पल्लीमगर ९, डकुलराज अर्यालले ६ र भुवानन्द गौतमले ४ मत पाए ।

प्रतिनिधि सभा क्षेत्र नं. ४ मा माक्र्सवादीका अमेरिकाप्रसाद थैवले ९४, स्वतन्त्रहरु अब्दुल जुवेर मुसलमानले ९०, सुग्रीव कहाँरले ४९, पूर्णबासी कुर्मीले ४२ र कान्ती लोधले २८ मत पाए । ४ को प्रदेस सभा १ मा मालेका विकास भरले ७१, शिवसेनाका केशव तिवारीले ३४, स्वतन्त्र सन्दीप कुमार त्रिपाठीले ३३, माक्र्सवादीका समी मोहम्मद भाडले २८, स्वतन्त्रहरु सन्दीपकुमार मिश्र २७, मदन मोहन मिश्र १६ र इन्दर यादवले १३ मत पाए । ४ को प्रदेश सभा २ मा शिवसेनाका प्रभावती केवटले ९७, माक्र्सवादीका जगदिश केवटले ७५, राप्रपाका ब्रम्हानन्द कुर्मीले ७१, जनमुक्तिका रेखा यादवले ६५, स्वतन्त्रहरु सुरेन्द्र पाण्डे १८ र निजामुद्दिन खानले १४ मत पाए ।

क्षेत्र नं. ५ मा १९ नयाँ शक्तिका बोमबहादुर दर्लामी मगरले ९५, माक्र्सवादीका सन्तराम हरिजनले ७३, मजदुर किसानका हिमलाल पाण्डेले ५९, स्वतन्त्रहरु सफउल्लाह मुसलमानले ४५, हरिशचन्द्र कलवारले ३८, सन्तोषकुमार गुप्ताले ३५, भोलानाथा बश्यालले ३३, अब्बु हरेरा मुलमानले ३१ मत पाए । ५ को प्रदेस सभा १ मा नयाँ शक्तिका सोमनाथ शर्मा पौडेलले ८८, राप्रपाका रमन गिरीले ७४, स्वतन्त्रहरु शशिधर सापकोटा २३, प्रेमचन्द्र पोखरेल १७, महादेव उपाध्याय पौडेल ७ र खेमलाल ढकालले ६ मत पाए । ५ को प्रदेस सभा २ मा जनता पार्टीका विश्वनाथ मुराउले ९६, माक्र्सवादीका सीतादेवी बढईले ७८, स्वतन्त्र मुहम्मद उमर मुसलमानले ७०, जनमुक्तिका रामदेव यादवले ६८, जनगणतान्त्रिकका हकिकुल्लाह मुसलमानले ३२, जनमोर्चाका विन्दुबहादुर कुँवरले २६, स्वतन्त्रहरु राधेश्याम कलवार २२ र राजु यादवले ११ मत पाए ।