प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने काठमाडौं देखि पोखराको लागि उडेको यति एयरलान्सको जहाज दुर्घटनाबारे विरण लिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका छन् ।
प्रधानमन्त्री र गृहमन्त्रीले कन्ट्रोल रुममा बसेर दुर्घटनाकोबारेमा अपडेट लिइरहेका छन् । उनीहरुले उक्त दुर्घटनामा उद्धार गर्न पनि निर्देशन दिएका छन् ।
विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।
