राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली गीत संगीत विभिन्न स्रष्टाहरुलाई सम्मान गरेकी छिन्।
नेपाली गीत संगीतमा योगदान पुर्याएका विभिन्न स्रष्टाहरुलाई रारा राष्ट्रिय म्युजिक अवार्ड कार्यक्रममा राष्ट्रपति भण्डारीले सम्मान गरेकी हुन्।
वरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बाँस्कोटा, गायक तथा संगीतकार संस्कृतीविद्व नन्दकृष्ण जोशी, वरिष्ठ समाजसेवी ज्ञानेन्द्र श्रेष्ठ, मोडल सनम कडायत सो कार्यक्रममा सम्मानीत भएका हुन्। मोडल कठायत राष्ट्रिय युवा प्रतिभाबाट सम्मानित भएका हुन्।
