घनश्याम भुसाल आज नेकपा एसमा प्रवेश गर्दै, उनले के जिम्मेवारी पाउलान् ?

२९ पुष २०७९, शुक्रबार ११:४५

नेकपा एमालेकाक पूर्व नेता घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्दै छन् ।

नेता भुसालले गत निर्वाचनमा टिकट नपाएपछि एमाले पार्टी परित्याग गरेका थिए । एमाले नेता भुसाललाई टिकट नदिएर छविलाल विश्वकर्मालाई टिकट दिएको थियो । यसअघि नेता भूसालले पुस २४ गते नेकपा एकीकृत समाजवादी पार्टीको वाम एकता वार्ता समितिलाई पत्र लेख्दै कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्ताव गरेका थिए ।

नेकपा एकीकृत समाजवादी पार्टीको कार्यदिशा कम्युनिस्ट पार्टीहरूको एकीकरणका लागि ठीक भएको उनले बताएका थिए । उनले भनेका थिए, नेकपा विभाजित भएर अहिले एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बनेका छन्। अर्थात् हामी माथिल्लो आधार शिविरबाट तल झरेका छौँ । हामी फेरि त्यही आधार शिविरमा नफर्की सुखै छैन । अर्थात् नेकपाकै विन्दुमा फर्किनु पर्ने भएको छ ।

पार्टीका महासचिव वेदुराम भुसालले नेता भूसालको प्रस्तावलाई स्वागत गर्दै छिट्टै पार्टीमा आउन आग्रह गरेका थिए । नेता भूसाल आज  त्यही अनुरोधबमोजिम पार्टीमा प्रवेश लागेका हुन् ।