नेकपा (एमाले) का पूर्व उपमहासचिव घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने भएका छन्।
एकीकृत समाजवादीका एक पोलिटब्युरो सदस्यका अनुसार भुसाल शुक्रबार पार्टीमा प्रवेश गर्ने तय भएको छ। उनी प्रतिनिधि सभाको निर्वाचनअघि एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका थिए।
प्रतिनिधि सभाको निर्वाचनमा टिकट नपाएपछि उनले एमाले परित्याग गरेका थिए। त्यतिवेला उनी एमाले स्थायी समितिका सदस्य रहेका थिए। रुपन्देही(१ बाट उम्मेदवार बनेका भुसाल एमालेका सचिव छबिलाल विश्वकर्मासँग पराजित भएका थिए।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शुक्रबार भुसाललाई पार्टीमा स्वागत गर्ने कार्यक्रम तय भएको छ। पार्टी प्रवेशसँगै उनलाई पदाधिकारीको जिम्मेवारी दिने तय भएको छ। तर, कुन पद भन्ने विषयमा टुंगो लागिसकेको छैन।
