प्रदेश १ को सभामुखमा नेकपा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्वाचित भएका छन्। प्रदेश १ को सभामुखमा गौतमको मात्रै उम्मेदवारी परेको थियो
गौतमलाई निर्वाचित भएको आज बसेको प्रदेश सभा बैठकले घोषणा गरेको हो । माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन थियो । माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
एमाले सांसद प्रदीपकुमार भण्डारी पहिलो कार्यकालमा प्रदेश १ को सभामुख बनेका थिए । दोस्रो कार्यकालमा गौतम बन्नेछन् । सभामुख गौतमले आजै शपथ लिनेछन् । संसद् सचिवालयका प्रमुख गोपाल पराजुलीका अनुसार १ बजे शपथ ग्रहण गर्ने छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउने छन् । प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ।
