चर्चित बालगायिका समीक्षा अधिकारीले आफू गायिका बन्नकै लागि जन्मिएको र स्वरले साथ दिँदासम्म गीत गाउने बताएकी छिन् ।
गायिका अधिकारीले गायका धेरै जसो गीतहरु विगतका दिनमा सफल बनेका छन् । चर्चित नायक पल शाहलाई बलत्कारको आरोप लगाएपछि उनी विवादमा परेकी थिइन् । नायक शाहलाई आरोप लगाएपछि भने दर्शकहरु उनी देखि रुष्ट बनेका छन् । आरोप पछि उनले जति राम्रो गीत गाए पनि उनलाई दर्शकले गाली मात्रै गर्ने गरेका छन् । पछिल्लो समयमा गायिका अधिकारीलाई सामाजिक सञ्जालमा नकारात्मक कमेन्टहरूको सामना गर्नु परेको छ।
आफूलाई आइरहेका नकारात्मक कमेन्टहरूको प्रसङ्गलाई लिएर उनले भनेकी छिन् । ‘कसैलाई मेरो गीत सुन्नु छैन भने नसुन् र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन ।’
सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस् लेख्दै उनले उक्त कुरा बताएकी हुन् । गायिका अधिकारी सामाजिक सञ्जालमा लेखेकि छन्, “एउटा ठुलै विद्वानले भनेका रैछन् मान्छे तिन किसीमका हुन्छन् । उच्च स्तरको त्यो हो जसले बिचार र सिद्धान्तका कुरा गर्छ ब्यक्तिको होइन ब्यक्तित्वको कुरा गर्छ । मध्यम स्तरका ति हुन् जसले घटनाको कुरा गर्छन्, जस्तै गाडी लड्यो, अन्डा फुट्यो । अनि जो व्यक्तिको बारेमा कुरा गर्छ अरुको कुरा काट्छ त्यो तल्लो स्तरको अर्थात घटीया हुन्छ । यी रुख होइनन्, फल र फूल पनि होइनन्, पात हुन्, खसेर घस्यौटा बन्ने र जता हावा लाग्छ उतै उड्ने । यहाँ अरुको कुरा काट्ने यस्ता घस्यौटा धेरै छन् ।
