एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बंगलादेशको ढाकामा

२१ पुष २०७९, बिहीबार १६:३७

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बंगलादेशको ढाका गएका छन् ।

बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा उनी नेकपा एमालेको तर्फबाट अतिथिका रुपमा सहभागी हुने छन् । पोखरेलले महाधिवेशनलाई भोलि शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

पोखरेलसँगै एमालेका विदेश विभाग सदस्य डा.दीपेन्द्र श्रेष्ठ पनि महाधिवेशनमा सहभागी हुने छन् । एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल २ दिनपछि नेपाल फर्कने छन् ।