नेकपा एसले वाम एकताको लागि चार सदस्यीय कार्यदल बनायो

२१ पुष २०७९, बिहीबार १६:३२

वाम एकताको प्रक्रिया अघि बढाउन नेकपा एकीकृत समाजवादीले चार सदस्यीय कार्यदल गठन गरेको छ ।

महासचिव बेदुराम भुसालको संयोजकत्वमा बिहीबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले चार सदस्यीय कार्यदल बनाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

कार्यदलको सदस्यहरूमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेको उनले बताएका छन् । उक्त कार्यदलले वाम एकताका लागि वार्ता, संवाद, छलफल र पहलको अगुवाइ गर्नेछ ।