एनआइसी एशिया बैंकको सेयर नेपाली बजारमा बाणिज्य बैंकहरुमध्ये सबैभन्दा महंगो सेयर बनेको छ ।
एनआइसी एशिया बैंकले नबिल बैंकको सेयरलाई जित्दै बाणिज्य बैंकहरुमध्येकै सबैभन्दा महंगो सेयर बनेको हो । यो भन्दा पहिले नबिल बैंक लिमेटेडको सेयर मूल्य बाणिज्य बैंकहरुमध्येकै सबैभन्दा महंगो सेयर बनेको थियो । अब नेप्सेमा सूचीकृत २५ वटा वाणिज्य बैंकहरुमध्यबाट सेयर किन्दा एनआइसी एशिया बैंकको सेयरमा सबैभन्दा बढी मूल्य हाल्नुपर्ने छ ।
सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नबिल बैंकको अन्तिम सेयर कारोबार मूल्य प्रतिकित्ता ७३९ रुपैयाँ रहेको छ भने एनआइसी एशिया बैंकको ७६५ रुपैयाँ रहेको छ । अथवा सोमबारको आकंडा हेर्ने हो भने एनआइसी एशियाको सेयर मूल्य नबिल बैंकभन्दा ३० रुपैयाँ बढी छ ।
नबिल बैंक लिमेटेडले हरेक वर्ष सेयर धनीलाई राम्रो लाभांश दिएपनि एनआइसी एशिया बैंकले विगत दुई वर्ष देखि सेयर धनीलाई लाभांश दिएको छैन ।
दुई वर्षदेखिको लाभांश वापतको रकम अर्काे वर्ष लाभांशको रुपमा बम्पर लाभांश बाँड्ने संकेत देखएपछि सेयर लगानीकर्ताहरु एनआइस िएशिया बैंकको सेयरमा झुम्मिएका छन् ।
