मलाई खुशी तुल्याएको छ: योगेश कुमार भट्टराई

१८ पुष २०७९, सोमबार १४:२४

नेकपा एमालेका नेता योगेश कुमार भट्टराईले पोखरा अन्तराष्ट्रिय विमान स्थल सञ्चालन भएकोमा खुशी व्यक्त गरेका छन् ।

नेता भट्टराईले आइतबार सामाजि सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पोखरा अन्तराष्ट्रिय विमान स्थल सञ्चालन भएकोमा आफूले गौरव गरेको बताएका छन् । तत्काली प्रधानमन्त्री केपी शर्मा ओलीले सिलान्यास गरेको विमान स्थलको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार उत्द्घाटन गरेका थिए ।

उनले आफू संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएको बेला उक्त विमान स्थललाई सबैभन्दा बढी जोड लगाएको समेत बताएका छन् ।

सामाजि सञ्जाल फेसबुकमा  नेता भट्टराईले लेखेका छन् “एउटा खुशीको क्षण तत्कालिन प्रम केपी ओलीद्वारा शिलन्यास गरिएको पोखरा अन्तरास्ट्रिय विमानस्थलको आज प्रम पुष्पकमल दाहालद्वारा उद्धघाटन भएको छ ।

म संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएको बेला मैले सबैभन्दा बढी जोड लगाएको राष्ट्रिय गौरबको यो आयोजना सम्पन्न भएर संचालनमा आएको क्षणले मलाई खुशी तुल्याएको छ ।
आयोजना सम्पन्न गर्न अहोरात्र मेहनत गर्ने CAAN पारिवार, चिनिया सरकार, निर्माण कम्पनी लगायत सबैमा आभार ब्यक्त गर्दछु । यो विमानस्थलले पर्यटन प्रबर्द्धन मार्फत मुलुकको आर्थिक बिकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिन्छ ।”