गृहमन्त्री रवि लामिछाने जन्मदिन मनाउने नयाँ चलन चलाए

१७ पुष २०७९, आईतवार १२:३९

गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नी श्रीमती निकिता पौडेलको जन्मदिन नयाँ ढंगले मनाइदिएका छन् ।

गृहमन्त्री लामिछाने श्रीमतीको जन्म दिनमा केक नभएर जुजु धौ (दहि) काट्र र मैन बत्ति निभाएर होइन दियो बालेर जन्मदिन मनाइदिएका हुन्। उनकी श्रमती निकिता पौडेल लामिछाने सामाजि सञ्जाल फेसबुकमा जन्मदिन नयाँ ढंगले मनाएको फोटो पोष्ट गर्दै जानकारी गराएकी छन् । उनको कतिऔ जन्मदिन हो भने बारेमा भने उनले उल्ले गरेकी छैनन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेखेकिछन् “गृहमन्त्री ज्युले नयाँ चलन चलाउने प्रस्ताव राख्नु भो। जन्म दिनमा केक होईन हाम्रै जुजु धौ ( दहि) काट्ने र मैन बत्ति निभाउने होइन दियो बाल्ने। आज हामीले त्यसै गर्यौं। एउटा मौलिक ढंगको Birthday Celebration भयो। शुभकामना दिनु हुने सबैलाई धेरै धन्यवाद। Thank you all for your warm wishes