उद्घाटन समारोहमा जादा प्रधानमन्त्रीले हेलिकोप्टर प्रयोग नगरी जहाजको प्रयोग गरे

१७ पुष २०७९, आईतवार ११:४२

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा सहभागी हुन पोखरा गएका छन्। बुद्ध एयरको चार्टरमार्फत प्रधानमन्त्री प्रचण्ड पोखरा गएका हुन्।

हेलिकोप्टर प्रयोग नगरी बुद्ध एयरको चार्टरमार्फत अहिले ११ बजे पोखरा गएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ। यसअघि प्रधानमन्त्रीहरु हेलिकोप्टरमार्फत उद्घाटन लगायतका कार्यक्रममा जाने गरेका थिए। पोखरामा आज भव्य रुपमा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनमा जान लागेका हुन्।