नेपाल र नेपालीको समृद्धिका लागि सामूहिक कार्य गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संकल्पको आह्वान गरेका छन् ।
नेपाल तथा विश्वभर रहेका नेपालीलाई इस्वी संवत् २०२३ का अवसरमा शुभकामना दिंदै प्रधानमन्त्री प्रचण्डले बृहत्तर समृद्धिका लागि सामूहिक कार्यको संकल्प गर्न आह्वान गरेका हुन् ।
ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी संवत् सुरुआत भएको भन्ने भनाइ छ ।
