गृहमन्त्री रविले भेट ओलीलाई र प्रधानमन्त्रीलाई

१६ पुष २०७९, शनिबार १३:०५

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि लामिछानेले भेटवार्ता गरेका छन् ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

ओलीसँगको भेटमा मन्त्रालयको भागबण्डाको विषयमा छलफल भएको बताइन्छ । सात दलीय गठबन्धनमा मन्त्रालयको भागवण्डाबारे सहमति हुन सकेको छैन । शीर्ष नेताहरुले यस विषयमा परामर्श तीव्र पारेका छन् ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई आजै बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन निर्देशन दिएका थिए ।