के नेकपा एस सरकारमा सहभागी होला त ?

१५ पुष २०७९, शुक्रबार १३:५४

नेकपा एकीकृत समाजवादीले सरकारमा जानेरनजाने निर्णय लिन स्थायी कमिटी बैठक आह्वान गरेको छ । स्थायी कमिटी बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको पार्टी उपमहासचिव तथा कार्यालय सचिव गंगालाल तुलाधरले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सरकारमा आउन आग्रह गरेका थिए । प्रचण्डको आग्रहपछि नेपालले पार्टी भूगोल कमिटीका अध्यक्ष र इन्चार्जसँग भर्चुअल बैठक गरेका थिए ।

बैठकबाट सरकारमा सहभागी हुनपर्ने र सहभागी हुन नहुने मिश्रित सुझाव आएको थियो । भोलि बस्ने बैठकले त्यसबारे निर्णय लिने तुलाधरले बताए ।

“सचिवालय बैठकले पर्ख र हेरको नीति लिएको थियो । सरकारमा जाने कि नजाने ? समर्थन गर्ने कि नगर्ने भन्नेमा स्थायी कमिटी र पोलिट्ब्यूरो बैठकले निर्णय लिन्छ ,” उनले भने । पोलिट्ब्यूरो बैठक १८ गते बस्ने उनले बताए ।