प्रभु लाइफको शेयर कारोबार फुकुवा

१२ पुष २०७९, मंगलवार १६:४८

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र सेन्ट्रल फाइनान्सको शेयर कारोबार फुकुवा भएको छ ।

महालक्ष्मी लाइफसँगको मर्जर प्रक्रियामा रहेको प्रभु लाइफको आधारभूत शेयरधनी बाहेकको शेयर कारोबार फुकुवा गरिएको हो ।

त्यसैगरी लाभांश सम्बन्धी निर्णय समयमै नबुझाएका कारण कारोबार रोक्का गरिएको सेन्ट्रल फाइनान्सलाई सचेत गराउँदै धितोपत्र कारोबार फुकुवा गरिएको नेप्से सूचीकरण शाखाका वरिष्ठ अधिकृत कुलचन्द्र रिजालले जनाएका छन् ।