दर्शकले रुचाउदा रुचाउदै अस्ताएका नायक

११ पुष २०७९, सोमबार २१:५१

स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ नेपाली चलचित्र दर्शकको मनमन बस्न सफल एक लोकप्रिय नायक थिए । उनले अभिन्य गरेका धेरैजसो चलचित्र नेपाली चलचित्र उद्योगमा सफल बनेका थिए । आज हामीले उनै स्व. नायक श्रीकृष्ण श्रेष्ठका बारमा केही जानकारी गराउदै छौं ।

स्व. नायक श्रीकृष्ण श्रेष्ठको जन्म वि.सं. २०२७ पुष १४ सिन्धुपाल्चोक जिल्लाको घुम्थान भन्ने ठाउँमा बुवा राधाकृष्ण श्रेष्ठ र आमा जगतकुमारी श्रेष्ठको कोखबाट भएको हो । उनी ६ दाजुभाई मध्यका सबैभन्दा कान्छा भाई थिए । संयुक्त परिवार रहेका उनले २१ वर्षको उमेरमा वि.सं.२०४५ सालमा बनेको चलचित्र भुमरी मा पहिलोे पटक सानो अभिन्य गर्दै नेपाली चलचित्रमा प्रवेश गरेका उनले दोस्रो चलचित्र कसम मा सह नायकको भूमिका अभिन्य गर्ने अवसर पाए ।

यस्तै अर्काे चलचित्र पुकारमा पनि स्व. नायक श्रीकृष्णले सह नायककै रुपमा अभिन्य गरे । वि.सं. २०४९ सालमा बनेको चलचित्र नाता मा भने मुख्य नायकको भूमिकामा काम गर्ने अवसर पाए । चलचित्र नाताबाट उनलाई दर्शकहरुले चिन्न थाले । चलचित्र नातालाई विश्व बस्नेतले निर्देशन गरेका थिए । पहिलो पटक मुख्य नायक बनेर काम गरेको चलचित्र नाताले उनको र दर्शकको सम्बन्ध कहिल्यै कम्जोर हुन् दिएन् । कहिल्यै टुङ्गगिएन बरु टुङ्गियो श्रीकृष्णको जीवन यात्रा । श्रीकृष्णले जतिबेला चलचित्रमा पाइला राखे त्यतिबेला न त कलाकारहरु प्रसस्तै पाइन्थो त न त कलाकारीता बाट जीवन चलाउन सक्न्छि भन्ने थियो । त्यो बेला नेपाली कलाकार, निर्माता र निर्देशक औलामा गन्न सकिने थिए । त्यो बेला शिव श्रेष्ठ, भुवन के.सी. र राजेश हमालको दवदव थियो ।

सरोज खनाल उदाउदै थिए । त्सो त चलचित्रका निर्माणत, निर्देशक र कलाकार मात्र होइन । नेपाली चलचित्रका दर्शक पनि एकदमै कम थिए । गाउँमा सिनेमा हलहरु थिएनन् । सिमित शहरहरुमा मात्रै थिए । त्यही सिमित दर्शकहरुको भरमा नेपाली चलचित्र बनाउनु र चलाउनु पथ्र्याे । अर्काे कुरा श्रीकृष्ण श्रेष्ठले जतिबेला चलचित्रमा पाइला टेके त्यतिबेला केही नायकहरु चलचित्रमा स्थापित थिए । तर, नाच्न जान्ने नायकहरु थिएनन् । त्यस्तो बेलामा डान्स मास्टरका रुपमा चिनिनु भनेको श्रीकृष्णको अरुको भन्दा थप क्षमता भने नित्य कला राम्रो हुनु थियो । दर्शकहरु श्रीकृष्णको नित्य कलामा आकर्षक भएका थिए ।

हरेक मानिसले आफूलाई भावानात्क र भौतिक रुपमा अरु भन्दा फरक र छुट्टै स्थापित गर्न चाहान्छ । हामीहरुले कति मानिसहरुलाई अनुहार बाहेक अरुकुराहरुबाट पनि चिन्न सक्छौ । किनकी मानिसलाई चिन्न सक्ने अनुहार बाहेक अरु कुराहरु पनि हुन्छन् । जस्तैः लवाइ, हिडाई शारिरीक वनावट आदि । त्यस्तै श्रीकृष्णलाई चिन्न सजिलो थियो । उनको शिरमा पछाडि लरकीएको ठुलो मुठा टुप्पि । उनले उक्त टुप्पि आफू बाचुन्जे काटेनन । टुप्पि उनको पहिचान थियो । स्व.नायक श्रीकृष्ण अरु नायक भन्दा फरक हुनुको अर्काे गुण उनमा थियो । उनको त्यो गुण भनेको आफूलाई कहिल्यै नायक हुँ जस्तो गर्दैन्थे । श्रीकृष्ण श्रेष्ठ आफू हिरो हुँ जस्तो नगरी टिमका सबै सदस्यहरुसंग बराबरी ठटटा र रमाइलो गर्थे ।

स्व. नायक श्रीकृष्णले चलचित्रमा यति धेरै मेनहत गर्थे की तेसको उदाहरण ए मेरो हजुर चलचित्र २०५७ सालमा छायाँकन भएको हो । चलचित्रमा नायिकाको भूमिकामा छिन् झरना थापा । उनले दृष्टिविही युवतीको अभिन्य गरेकी छिन् । उनको आँखाको उपचार गर्न पैसा कमाउनु पर्ने कथा छ । उक्त कथाको छायाँकनको लागि सम्पूर्ण टिम चितवनको इँटा भटामा पुगेको थियो । नायकले इँटा बोक्नु पर्ने भूमिकामा अभिन्य गर्नुपर्ने थियो । इँटा बोक्ने क्रममा सात आठ सय इँटाको थुप्रो लड्यो, श्रीकृष्ण इँटाको रासमा पुरिए । चलचित्र छायांकनका टिमले उनलाई हटार हटार गरेर उद्धार गरेर अस्पताल पुर्‍यो । यसरी उनी चलचित्र छायांकनको क्रममा भेरै पटक घाइते भएका छन् । जसमध्य चलचित्र ए मेरो हजुरमा खलनायकहरुसंग फाइट गर्नु पर्ने दृष्यको छायांकन हुदै थियो । उक्त चलचित्रको फाइट गर्ने क्रममा सन्तुलन नमिल्दा उनको खुट्टा नै भाँचियो ।

स्व. नायक श्रीकृष्ण अरु भन्दा फरक र सजिला नायक भएको उनीसंग काम गरेका प्राविधिकहरुले बताएका छन् । उनी जतिबेला तयार हुन भन्यो उतिबेलानै तयार हुन्थे । छायांकनका दौरानमा भोलि पल्ट ह्ने कामका बारेमा अघिलो दिन बेलुकै निर्णमाता, निर्देशक, कलाकार र छायांकनको टिमसंग बसेर छलफल गथे । छायांकनको क्रममा सबैसंग मिलेर रमाइलो गर्दै काम गथे । उनको भनाई नै थियो । टिमका सबै जनाले खुशी साथ गरेको कामको नतिजाले सधै खुशी नै दिन्छ । स्व.नायक श्रीकृष्ण श्रेष्ठ जतिबेला चलचित्र क्षेत्रमा प्रवेश गरे त्यतिबेला उनलाई राम्रो नित्य गर्न सक्ने नायकका रुपमा पनि चिनिन्थे । सहीअनुरुप उनले नित्य गर्ने चलचित्रमा क्रोस नित्य गर्नेहरुको पनि उनलाई चित्त बझ्नु पथ्र्याे । गीतको सिकोन्समा विशेष ध्यान दिन्थे । नित्यको स्टेप उनीहरुको पोशाक, तालमेल जस्ता सबै कुरामा उनलाई चित्त बुझ्नु पथ्र्याे । उनलाई चित्त नबुझेसम्म टेक नै लिदैन्थे ।

उनले अभिन्य गरेका दर्जनौ चलचित्रले नेपाली चलचित्रमा बक्स अफिसमा नाम लेखाउन सफल भए । उनका थुप्रै सफल चलचित्रहरुले विभिन्न हलहरुमा ५१ दिन र १०० दिन मनाउन सफल भए । सुखदुख, नाता रगतको, ए मेरो हजुर, पाह्ना, जविन रेखा, आफ्नो घर आफ्नो मान्छे, बरपिपल, आफ्नो मान्छे, टक्र डाइभर, नाता, पकेटमार, यो मायाले लौन सतायो, देवदूत, जाले रुमाल, हामी तीन भाई, को आफ्नो को विरानो, कहाँ भटिएला, कोहिनूर आदि तीन दर्जन भन्दा धैरै चलचित्र सुपर डुपर हित भए । नेपाली चलचित्र उद्योगमा २६ वर्ष लगातार काम गरेका स्व. नायक श्रीकृष्ण श्रेष्ठले ६ दर्जन भन्दा धेरै चलचित्रमा काम गरेका छन् ।

चलचित्रका निर्णमाता निर्देशक भन्ने गर्थे । श्रीकृष्णले अभिन्य गरको चलचित्रले असफल नै भएपनि लगानी डुबाउदैनन् । त्यसैले प्राय निर्णमाताहरु आफ्नो चलचित्रमा उनलाई अभिन्य गराउन चाहन्थे । तर, उनी भने स्कीप्ट राम्रो नलागे काम नै गर्दैन्थे । यस्तै स्कीप्ट राम्रो भएपनि टिम राम्रो छैन भने पनि काम नै गर्दैन्थे । उनी नेपाली चलचित्रमा राजेश हमालकै बराबरमा स्टाटम भएका नायक थिए । यी कारण पनि हुनसक्छ उनका अधिकांश चलचित्र सफल भएको । उनका असफल चलचित्रहरुमा भने दैव, आघात, पूर्णिमा, प्रेम युद्ध आदि पर्दछन् । उनी राम्रा नायक मात्र थिएनन् । एक सफल निर्णमाता पनि थिए । उनले निर्णमा गरेको चलचित्र कहाँ भटिएला ले उनलाई एक सफल निर्णमाता बनाएन धेरै कुराको संयोग पनि जुराइ दियो ।

स्व. निर्देशक, गीतकार, कथा लेखक तथा निर्णमाता शिव रेग्मी चलचित्र कहाँ भेटिएला मा नयाँ अनुहार राख्न चाहन्थे । त्यसकारण उनीहरुले अडिशन खुलाएका थिए । उक्त अडिशनमा चलचित्रका लागि नयाँ तथा पुराना नायिकाहरुले अडिशन दिएका थिए । श्रीकृष्ण श्रेष्ठको नित्यका गुरु बसन्त श्रेष्ठले श्रीकृष्णसंग आफ्नो विद्यार्थी श्वेता खड्काको बारेमा कुरा गरेका थिए । श्वेता श्रीकृष्णको फ्यान रहेछिन् । श्वेताको पछि निर्देशकसै अडिशन लियो । अडिशनमा उनी छनोट भइन् । श्वेता र श्रीकृष्ण लगायत अन्य कलाकारको अभिन्य रहेको चलचित्र सुपरहित भयो । श्रीकृष्ण र श्वेताले कोहिनूर चलचित्रमा नि सहकार्य गरे । यी चलचित्रको सहकार्य संगै उनीहरुले आफूहरुलाई श्रीमान श्रमति बनाउने निर्णय गरे ।

सोहीअनुरुप उनीहरुले आफन्त, घरपरिवार, शुभचिन्तकको सल्लामा वि.सं. २०७१ साल असार २३ गते विवाह बन्धनमा बाडिँए । श्रीकृष्णले आफ्नो लगानी र आफ्नो जीवनकै अन्तिम चलचित्र भएकाले चलचित्र कोहिनूर लाई आफ्नो ड्रि«म प्रोजेक्टका रुपमा लिएका थिए । सम्पूर्ण शक्ति प्रयोग गरेर निर्णमाण गरेको चलचित्र कोहिनूर वि.सं. २०७१ साल साउन २३ गते देशभरको हलहरुमा लाग्ने भएको थियो । श्रीकृष्ण र श्वेता विवाह पछि हनिमुन मनाउन भारतको पुने गएका थिए । तर, श्रीकृष्णलाई भारत गएको केही दिनमै सुख्खा खोकीले सताउन थाल्यो । उनलाई भारतको नयाँ दिल्ली स्थित सर गंगला अस्पतालमा भर्ना गरियो । अस्पतामा डाक्टरहरुले उनलाई दिप निमोनिया भएको र सघन उपचारको आश्यक भएको जानकारी पछि उनको उपचार थाल्यिो । भारतमा उनको उपचार हुदै थियो । वि.सं. २०७१ साल साउन २३ गते देशभरको हलहरुमा चलचित्र कोहिनूर लाग्यो ।

उनले अस्पतालबाट चलचित्र प्रर्दशनमा आफ्ना दर्शकसंग हुन नपाएकोमा दुख व्यक्त गर्दै आफू निको भएर चाँडै आउने सन्देश पठाए । तर उनको स्वास्थ्य झन बिग्रदै गयो । वि.सं. २०७१ साल साउन २५ गते नेपाली चलचित्रको महान कलाकार नेपाली दर्शकको मनका ढुकढुकी श्रीकृष्ण श्रेष्ठको निधन भयो ।