नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सांसदहरूलाई बालुवाटार बोलाएर खाली कागजमा हस्ताक्षर गर्न लगाएका छन् ।
शुक्रबारदेखि कांग्रेसका सांसदहरूलाई बालुवाटार बोलाएर खाली कागजमा हस्ताक्षर गर्न लगाएका हुन् । खाली कागजमा हस्ताक्षर गराउने क्रम आज पनि जारी छ ।
आज दिउँसो साढे १२ बजेदेखि छलफल गर्न भन्दै देउवाले कांग्रेसका सांसदहरूलाई बालुवाटार बोलाएका छन् । सोही क्रममा हस्ताक्षर गराउने बालुवाटारको तयारी छ ।
हिजो दुई जना सांसदहरूले खाली कागजमा हस्ताक्षर गर्न मानेनन् कांग्रेसबाट निर्वाचित एक सांसदले भने आज पनि हस्ताक्षर गर्ने तयारी छ ।
