चर्चित बालगायक सचिन परियारको स्वास्थ्यमा अचानक सलामस्या देखिएपछि उनको टिचिङ्ग अस्पतालमा उपचार भइरहेको छ ।
उनलाई भट्न विभिन्न कलाकारहरु तथा पत्रकारहरु पनि अस्पतालमा पुगेका छन् । यस्तै उनलाई विदेशका विभिन्न ठाउँबाट सहयोग आइरहेको उनी निकट कमल सरगले बताएका छन् ।
इन्द्रिणीका सचालक कृष्ण कडेँल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालका वर्तमान अध्यक्ष रमेश विजि, चर्चित लोक तथा दोहोरी गायकहरु दुर्गा रायमाझी, चन्द्र शर्मा श्रीष देवकोटा, रविन लामिछाने, मोडल तथा सर्जक बिमल अधिकारी, पत्रकार भोजराज थापा लगायत अन्य व्यक्तिहरु अस्पतालमा पुगेका छन् ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वर्तमान अध्यक्ष रमेश विजिले सचिन अचानक बिरामी भएको खबर सामाजिक सञ्जाल भरी फैएिको खबर थाहा पाएपछि रविन लामिछाने जानकारी गराएको उनले कमल सरगम संग कुरा गर्दै बताए । सचिनको अवस्था निक्कै कमजोर भएको कारण आसियुमा राखेको डाक्टरहरु जानकारी गरएको पनि उनले बताए ।
सचिनको अक्सिजन लेभवल अलि कम भएको र पोटासियम र क्यालसियम अलि बढी भएको रिर्पाेट आएको उनले बताए । यस्तै इन्दियणीका सचालक कृष्ण कडेंले पनि सचिनको अवस्था निक्कै नाजुक भएको बताएका छन् । उनले सचिनलाई चिमुटेको तर सचिनले थाहा नपाएको उनले बताए ।
उपचार खर्च जुटाउन ईशा फाउण्डेसन लगायतले पहल विदेश देखि विभिन्न व्यक्तिहरुले सहयोग गरेको कमल सरगमले बताएका छन् ।
