नेपाल टेलिकमले सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने

७ पुष २०७९, बिहीबार ११:२९

नेपाल टेलिकमले सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने भएको छ । टेलिकमको सञ्चालक समितिले चुक्ता पुँजीको ४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

टेलिकमको चुक्ता पुँजी १८ अर्ब रहेको छ । टेलिकमका सरकारको ९२ प्रतिशत र सर्वसाधारणको ८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस हिसाबले टेलिकमबाट सरकारले गतवर्षको नाफाबाट ६ अर्ब ६२ करोड रूपैयाँ लाभांश पाउने छ । सरकारले पुस २८ गते साधारणसभा बोलाएको छ ।