हिमालयन बैंकले १९.११ प्रतिशत लाभांश वितरण गर्ने

५ पुष २०७९, मंगलवार ११:५१

हिमालयन बैंकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

बैंकको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंक स्वीकृति पछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।

गत वर्ष बैंकले २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद गरी कुल २६ प्रतिशत लाभांश वितरण गरेको थियो। गत वर्षको तुलनामा यस बैंकले लाभांश दर घटाएको छ।