आगामी शुक्रबार ‘द भ्वास अफ नेपाल’ सिजन ४ को फाइनल हुदै छ । ‘द भ्वास अफ नेपाल’ एक गायन र्यालिटि शो हो । यो शो नेपालमा निकै रुचाएको शो हो ।
यस शोको विभिन्न फर्माेटहरु पार गर्दै प्रतिस्पर्धि फानलमा जान्छन् । यस शोमा डिजिटल अडिशन, बलाइन्ड अडिशन, ब्याटल, नकाउट र सेमि फाइनल पार गर्दै प्रतिस्पर्धिहरु पाइनलबाट विजेता बनेछन् ।
‘द भ्वास अफ नेपाल’ लाई लक्ष्मण पौडेलले निर्देशन गर्दै आएका छन् भने सुशील नेपालले उत्घोषण गर्दै आएका छन् । यस्तै यस शोको कोचका रुपमा बहुचर्चित गायक प्रमोद खरेल, राजु लामा, राजेश पायल राई र चर्चित गायिका प्रविशा अधिकारी रहेका छन् । गायक प्रमोद र राजु सिजन १ देखि नै यस शोमा कोच गर्दै आएका छन् भने गायक राजेश पायल राई सिजन ४ देखि कोचका रुपमा आएका हुन् ।
यसअघि सिजन ३ सम्म महागुरु दिप श्रेष्ठले कोच गर्दै आएका थिए । यस्तै गायिका प्रविशा अधिकारी ‘द भ्वास अफ नेपाल’ किड्सको पहिलो सिजन देखि कोचका रुपमा आएकी हुन् । यसअघि पहिले सिजनमा अभय सुब्बा, दोस्रो सिजन आस्था राउत र तेस्रो सिजनको कोच गायिका तृष्णा गुरुङले गरेकी थिइन् ।
यसअघि ‘द भ्वास अफ नेपाल’को पहिलो सिजनको विजेता टिम प्रमोदबाट सिडी विजय अधिकारी बनेका थिए । यस्तै सिजन दुईको विजेता टिम दिपबाट राम लिम्बु बनेका थिए भने सिजन तीनको विजेता टिम प्रमोदबाटै किरण गजमेर बनेका थिए । सिजन ४ को फइनलमा टिम राजेशलाई प्रतिनिधित्व गर्दै सविना योङ्गहाङ पुगेकी छन् भने पदम राई बाहिरिएका छन् ।
यस्तै टिम प्रमोदलाई प्रतिनिधित्व गर्दै योगेश मगर फाइनलमा पुगेका छन् भने आशिष महर बाहिरिएका छन् । टिम राजुलाई प्रतिनिधित्व गर्दै करण राई फाइनलमा पुगेका छन् भने भुटानका रियान गिरी बाहिरिएका छन् । टिम प्रविशिालाई प्रतिनिधित्व गर्दै शाइल लिम्बु फाइनमा पुगेका छन् भने प्रिजोवल नेपाली बाहिरिएका छन् ।
चार वटै टिमबाट उतिकै बलिया प्रतिस्प्रधी फाइनलमा पुगेका छन् । यसपालि अघिल्ला प्रसतुती आधारमा भन्य हो भने टिम राजुबाट करण राई निकै बलियो देखिन्छन् ।
