सानिमा बैंकले १० प्रतिशत बोनस दिने

३ पुष २०७९, आईतवार १६:३७

सानिमा बैंकले आइतबार १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै साधारणसभाबाट सर्वसाधारण समूहका तर्फबाट संचालक समितिमा आशुतोष उपाध्याय र रमेश कुमार पोखरेल निर्वाचित भएका छन् ।

आर्थिक वर्ष २०७८र७९ मा रु. २.०९ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु। १९२.५१ अर्ब, कुल निक्षेप रु. १५८.८८ अर्ब तथा खुद कर्जा सापटी रु १४१.६९ अर्ब रहेको छ । आर्थिक वर्ष २०७७र७८ को तुलनामा बैंकले निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः २१.३९, १५.०४ र १९.७५ प्रतिशतले बृद्धि गरेको जनाइएको छ ।