पूर्वी तटबाट समुद्रमा दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार

३ पुष २०७९, आईतवार १४:०२

उत्तर कोरियाले आइतबार कोरियाली प्रायद्वीपको पूर्वी तटबाट समुद्रमा दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियाली सेनाले यो जानकारी दिएको हो ।

जापानका उपविदेशमन्त्री तोशिरो इनोले उत्तर कोरियाले प्रहार गरेको ब्यालेस्टिक मिसाइल जापानको विशेष आर्थिक करिडोर बाहिर खसेको हुनसक्ने बताएका छन् ।

जापानी रक्षा मन्त्रालयका अनुसार यी क्षेप्यास्त्रहरूले ५५० किलोमिटर (३४२ माइल) को उचाइमा उडेका थिए र २५० किलोमिटर (५३ माइल) को दूरी कभर गरेका थिए । हालसम्म कुनै क्षतिको खबर नआएको उप रक्षामन्त्रीले बताए । एजेन्सी