स्थानीय तहको काम नागरिकप्रति जवाफदेही हुनुपर्छ: प्रधानमन्त्री

२ पुष २०७९, शनिबार १५:१९

स्थानीय तहको काम–कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले नागरिकसँग नजिकको सरकार भएकाले पनि स्थानीय तहको काम–कारबाही नागरिकप्रतिनै जवाफदेही हुनुपर्ने ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा प्रष्टयाएका हुन्।

प्रधानमन्त्री देउवाले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधारस्तम्भको रूपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले सोही अनुसारको काम हुनुपर्ने उल्लेख गरे। उनले ललितपुर महानगरपालिकाले जनताको अपेक्षाअनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै प्रशंसासमेत गरे।

देउवाले ललितपुर महानगरपालिकालाई सांस्कृतिक स्मार्ट सहरको रूपमा विकास हुने गरी काम गर्नुपर्नेमा पनि जोड दिए। उनले ललितपुर महानगरपालिकाले नमूना महानगरपालिकाको रूपमा आफूलाई अघि बढाएको जानकारी दिए।

सो अवसरमा प्रधानमन्त्री देउवाले नागरिकलाई खुसी बनाउने गरी ललितपुर महानगरपालिकाको सम्पदाहरूको संरक्षण र सम्वद्र्धनको काम गरिहेको बताउँदै त्यसलाई निरन्तरता दिएर अघि बढन थप क्रियाशील हुन आग्रह गरे।

ललितपुर महानगरपालिकाले सम्पदाहरूको संरक्षणका लागि गरेका काम प्रशंशनीय छ निर्माणाधीन सम्पदाको निर्माण कार्य सम्पन्न भएपछि एकातिर पर्यटकहरूको प्रवद्र्धन गर्न सहयोग पुग्नेछ भने अर्कातिर सांस्कृति ‘स्मार्ट सिटी’को रूपमा विकास र्ग पनि सहयोग पुग्नेछ। भौगोलिक पूर्वाधारमा मात्रै जोड नदिई नागरिकलाई खुसी बनाउने तथा उनीहरूलाई सांस्कृतिक मूल्य, मान्यता संरक्षण र सम्वद्र्धन गर्दै अघि बढाएको यस महानगरपालिकाका कामहरू उदाहरणीय छन्,’ उनले भने, ‘देशमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि नेपाल र नेपालीको परिचय गराउनु भएको छ। आगामी दिनमा पनि यसको निरन्तरताको अपेक्षा गर्दछु।’