नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय चर्चित अभिनेताहरुसंग भेटवार्ता भएको छ ।
विहीबार अध्यक्ष प्रचण्डलाई भेट्न भारतीय सिनेमाका चर्चित चरित्र अभिनेताहरु सुरेश ओवाराय र विवेक ओवाराय प्रचण्ड निवास खुलटार पुगेका थिए । उनीहरुबीच दुइृ देशको समसामायिक विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।
