गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ।
संस्थाको सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७८–७९ को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ९ करोड ७५ लाख रुपैयाँको कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ४ प्रतिशतले हुन आउने ३९ लाख रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २ लाख ५ हजार २६३ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।
