पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम–१ मा पुनः निर्वाचन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्। धाँधली गरेर आफूलाई हराइएको जिकिर गर्दै उनले परिणाम घोषणा बदर गरि पुनः चुनावको माग गरेका हुन्।
रिटमा खनालले निर्वाचन आयोग, इलाम १ को निर्वाचन अधिकृतको कार्यालय, इलामका मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी र संघीय संसद सचिवालयलाई समेत विपक्षी बनाएका छन्।
इलाम–१ मा खनाललाई पराजित गर्दै एमाले नेता महेश बस्नेत विजयी भएका हुन् । बस्नेतले २५ हजार ७५३ मत ल्याउँदा खनालले २३ हजार ८९ मत पाएका थिए।
